२०८१ चैत्र १२ गते मङ्गलवार

कांग्रेस केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द

काठमाडौं,असोज १८ । नेपाली कांग्रेसको केन्‍द्रीय कार्यालय ५ दिनका लागि बन्द गरिएको छ ।

पार्टीका केही केन्द्रीय सदस्य र अन्य केही व्यक्तिमा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएपछि आज आइतवारदेखि २२ गतेसम्मका लागि कार्यालय बन्द गरिएको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

यही असोज १५ गते पीसीआर जाँचका लागि पार्टी कार्यालयबाटै नेताहरुले स्वाब दिएका थिए ।

त्यसमध्ये केही नेताहरुको पीसीआर रिपोर्ट पोजेटिभ आएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असोज १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *