काठमाडौं, असोज १८ । मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम अहिले देशका प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश न ५ का पूर्वी भागमा बदली भई केहि ठाउँहरुमा हल्का बर्षा भएको जनाएको छ । महाशाखाका अनुसार आइबार वंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र रहेको छ ।
आइतबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १ का केहि ठाउँ तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि ठाउँहरुमा हल्का वर्षाको सम्भावना रहेको छ जनाएको छ ।
राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना छ । प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा प्रदेश २, बागमती प्रदेश र प्रदेश न ५ का केहि ठाउँहरुमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।