२०८१ चैत्र ३ गते आइतवार

नगद ५ लाख बढी रकमसहित १८ जना जुवाडे पक्राउ


दाङ,असोज १७ । दाङमा प्रहरीले छटुटाछुट्टै दुई स्थानबाट ५ लाख २२ हजार एक सय १५ रुपैया नगदसहित १८ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले देउखुरीको राप्ती गाउँपालिका-५ सिसहनियाँ बजारबाट नगद दुई लाख ६० हजार एक सय २५ रुपैयासहित दश जना र पश्चिम दाङको बबई गाउँपालिका-३ धनुवासबाट नगद दुई लाख ६१ हजार नौ सय ९० रुपैयासहित ८ जना जुवाडेलाई पक्राउ गरेको हो ।

शुक्रवार राती देउखुरीको राप्ती गाउँपालिका-५ सिसहनिया बजारस्थित रहेको दर्शन खाजा घरको कोठामा जुवातास खेलिरहेका छन भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दुई लाख साठ्ठी हजार एक सय पच्चिस रुपैया नगदसहित १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन् ।

प्रहरीले उनीहरुको साथबाट खोलेको ४ गड्डी र नखोलेको ४२ गड्डीसहित राप्ती गाउँपालिका-७ निवासी ३७ बर्षीय दिपेन्द्रबिक्रम शाह, सोही ठाउँ निवासी २९ बर्षीय मोहन गाहा मगर, रोल्पा सुनिलस्मृति गाउँपालिका ७ निवासी २८ बर्षीय नारायण रोकामगर, राप्ती गाउँपालिका निवासी ३० बर्षीय बिक्रम राना, सोही ठाउँ निवासी ३० बर्षीय श्याम गुरूङ रहेका छन् ।

त्यसैगरी सोही ठाउँ निवासी २८ बर्षीय बसन्त बेल्वासे, सोही ठाउँ निवासी ३० बर्षीय लक्ष्मण गिरी, राप्ती गाउँपालिका वडा नं. ५ निवासी ३० बर्षीय छोटेलाल चौधरी, वडा नं. ८ निवासी ४५ बर्षीय बेलसिंह भैयामगर र वडा नं. २ निवासी ३८ बर्षीय युवराज बुढा रहेका छन ् ।

त्यसैगरी प्रहरीले पश्चिम दाङको खिलतपुरबाट ८ जना जुवाडेलाई पक्राउ गरेको छ । बबई गाउँपालिका वडा नं.३ धनुवासस्थित केशब भन्ने केशकुमार बिकको घरमा जुवातास खेल्ने खेलाउने गरेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटी गएको प्रहरी टोलीले घरमा जुवातास खेलिरहेको अवस्थामा केश कुमार बिकसहित ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट २ लाख ६१ हजार ९ सय ९० रुपैयासमेत बरामद गरेको प्रवक्ता खड्काले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा बबई गाउँपालिका ३ निवासी लोक बहादुर खड्का, सोही ठाउँ निवासी ४९ बर्षीय पर्साराम बिक, सोही ठाउँ निवासी २४ बर्षीय शेरबहादुर बिक, सोही ठाउँ निवासी २४ बर्षीय प्रेम पुन, सोही ठाउँ निवासी सुन्दरखाल बस्ने ३२ बर्षीय बिमल भन्ने बिनबहादुर घर्ती, सोही ठाउँ निवासी २९ बर्षीय बिक्की नेपाली र सोही ठाउँ निवासी २९ बर्षीय भीमबहादुर भन्ने भाईलाल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असोज १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *