२०८३ जेष्ठ २७ गते बुधवार

बिराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

बिराटनगर,असोज १७ ।  बिराटनगरमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बिराटनगरकी ६८ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको हो ।

बिराटनगर महानगरपालिका–३ घर भएकी उनको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगरमा शनिबार बिहान करिब २ बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।कोरोना पुष्टि भएसँगै उनलाई ११ असोजमा आइसोलेसनमा भर्ना गरिएको थियो ।

उनमा श्वासप्रश्वासको समस्या थियो ।

प्रकाशित मिति : २०७७ असोज १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *