२०८१ चैत्र ९ गते शनिवार

ट्रयाक्टर दुर्घटनामा हुँदा एक जनाको मृत्यु

खोटाङ, असोज १७।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट दिप्रुङ चुइचुम्म गाउँपालिकातर्फ जाँदै गरेको ट्रयाक्टर गएराति साप्सुखोला नजिकै दुर्घटना हुँदा एक जनाको घटनास्थलैमै मृत्यु भएको छ।

एक जना गम्भीर घाइते भएका छन्। दिक्तेल बजारबाट शुक्रबार साँझ सामान बोकेर हिँडेको स १ त ६६८० नम्बरको ट्रयाक्टर लफ्याङस्थित साप्सु–कालिका हाइड्रोपावर नजिकैको घुम्तीमा दुर्घटना हुँदा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका २६ वर्षीय प्रकाश राईको घटनास्थलमै मृत्यु हो।

दिक्तेल बजारबाट घरायसी सामान लिएर हिँडेको ट्रयाक्टरको ट्रली पल्टिएर दुर्घटना हुँदा ट्रलीमा चढेका तीनमध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताए।

छ जनामध्ये अगाडिको इन्जिनमा रहेका अन्य दुई जनालाई भने चोटपटकसमेत नलागेको प्रहरी निरीक्षक साहले जानकारी दिएका छन्। दुर्घटनामा गम्भीर घाइते टेम्माकै ३० वर्षीय हरि मुग्राती रहेको र उनको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

उद्दारमा खटिएका प्रहरी र स्थानीय बासिन्दाले घटनास्थलबाट गएराति नै उद्दार गरेका घाइते मुग्रातीको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जनाइएको छ।

दुर्घटनापछि चालक निशान राई र सहचालक विशाल राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए।(रासस)

प्रकाशित मिति : २०७७ असोज १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *