२०८१ चैत्र ६ गते बुधवार

दाङको देउखुरीलाई प्रदेशको स्थायी राजधानी बनाउने निर्णय स्वागतयोग्य – काँग्रेस केन्द्रीय सदस्य दीपक गिरी

फाइल तस्बिर : तस्बिर राजेश खत्री।

दाङ, असोज १६ । दाङको देउखुरी क्षेत्रलाई प्रदेश ५ को स्थायी राजधानी बनाउने निर्णय न्यायोचित र स्वागत योग्य निर्णय भएको नेपाली काँग्रेस केन्द्रीय सस्दय तथा पूर्व मन्त्री दीपक गिरीले बताएका छन् । ‘ दाङको देउखुरीलाई प्रदेश राजधानी बनाउने कुरा अतेन्तै न्यायोचित र स्वागत योग्य छे,’ पूर्व मन्त्री गिरीले भने ‘ मैले पहिलैदेखि भन्दै आएको कुरा यही थियो ।’

उनले सुरु देखि नै आफुले पनि दाङको देउखुरी क्षेत्र राजधानी हुनुपर्छ भनेर भन्दै आएको र त्यस्कै लागि पार्टीमा फरक मत दर्ज गराएको बताए ।

‘ बुटवल स्थायी राजधानी तोकिदा संघीयताको मर्म विपरित हुनजान्थ्यो,’ नेता गिरीले भने ‘ पूर्वी रुकुम र बर्दिया जस्ता जिल्लाका बासिन्दालाई निकै अपाएक थियो।’

दाङ प्रदेश ५ का १२ वटै जिल्ला बासीका लागि बीच भागमा रहेको हुँदा सबैलाई पायक पर्ने ठाउँमा रहेको काँग्रेस नेता गिरीले तर्क गरे । केही काँग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरुले विरोध गरेको कुरा आफुले पनि सुनेको भन्दै विरोधका लागि विरोध नभई न्यायिक निर्णयलाई सबैले आत्मसाथ गर्न जरुरी रहेको काँग्रेस केन्द्रीय सदस्य गिरीले बताए ।

आग्रह पूर्वाग्रह नराखी संघीयताको मर्म अनुरुप प्रदेश ५ मा स्थायी राजधानी हुनका लागि दाङको बिकल्प अरु जिल्लाहरुमा नहरेको उनले दाबी गरे ।

प्रकाशित मिति : २०७७ असोज १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *