२०८३ जेष्ठ २३ गते शनिवार

अर्घाखाँचीमा सिडिओ र सहायक सिडिओलाई कोरोना संक्रमण

बुटवल,असोज १६ । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

आजको नयाँ तथ्या‌ंक अनुसार प्रमुख जिल्ला अधिकारीसहित ६ जनामा कोरोना पुष्टि भएको हो । दुई जना स्वास्थ्यकर्मी र अन्य दुई जनामा पनि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पौडेलले पहिरो प्रभावितबाट पिडितहरूको उद्वारमा लाग्दा कोरोना संक्रमित भएको बताएका छन् । एक बिज्ञप्ती निकाल्दै उनले प्रशासनबाट हुने काम नरोकिने बताएका छन् ।

जिल्लामा हाल सम्म ४ सय ७ जना कोरोना संक्रमित मध्ये कोरोना निको भएर ३सय ८ जना डिस्चार्ज भएका छ्न् ।

प्रकाशित मिति : २०७७ असोज १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *