२०८१ चैत्र ३ गते आइतवार

नेपालगञ्ज मेडिकल कलेजका ४७ बर्षीय एक कर्मचारीको कोरोनाका कारण मृत्यु

दाङ, असोज ११ । नेपालगञ्ज मेडिकल कलेजका एक ४७ बर्षीय कर्मचारीको आइतवार कोरोना भाइरसकाकारण मृत्यु भएको छ । यो संगै जिल्लामा कोरोना संक्रमनका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ बाँके गाउँ निवासी ४७ बर्षीय ती पुरुष नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जको प्रशासनिक स्टाप हुन ।

उनलाई भदौ ३१ गते कोरोना संक्रमन पुष्टि भएको थियो । रिपोर्ट पोजेटिभ आएकै दिन स्वास्थ्यमा समस्या उत्पन्न भएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसोलेनमा उनलार्य भर्ना गरिएका बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

मधुमेहका विरामी उनलाई रोगको प्रकृति अनुसार प्लाज्मा थेरापी लगाएत सबै प्रकारका उपचारका विधिहरु मार्फत उपचार गरेपनि बचाउन संभव नभएको अस्पताल प्रशासनले जानकारी दिएको छ। उनको आइतवार विहान ५ बजेतिर मृत्यु भएको पनि कलेज प्रशासनले जानारी दिएको छ ।

प्रकाशित मिति : २०७७ असोज ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *