२०८१ चैत्र ३ गते आइतवार

विश्वमा कोरोनाको कारण ज्यान गुमाउनेको सङ्ख्या १० लाख पुग्यो

२ करोड ४४ लाख निको भए

काठमाण्डौ,असोज ११  । विश्वभर कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या झण्डै १० लाख पुगेको छ ।

अहिलेसम्म ३ करोड ३० लाखमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ९ लाख ९८ हजारको ज्यान गएको वल्ड्रोमिटरले जनाएको छ ।
२ करोड ४४ लाख भने निको भएका छन् । वल्ड्रोमिटरका अनुसार ७६ लाख ४८ हजार सक्रिय सङ्क्रमितमध्ये ६५ हजारको अवस्था जटिल रहेको र बाँकी ७५ लाख ८३ हजारको अवस्था सामान्य छ ।

गएको २४ घण्टामा विश्वभर २ लाख ९४ हजारमा कोरोना पुष्टि भएको छ भने ५ हजार ३ सय जनाको ज्यान गएको छ । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ७२ लाख ८७ हजारमा कोरोना पुष्टि हुँदा २ लाख ९ हजारको ज्यान गएको छ ।

यस्तै ५९ लाख ९० हजारमा कोरोना पोजेटिभ देखिएको भारतमा साढे ९४ हजारको ज्यान गएको छ । यसैगरी ब्राजिलमा ४७ लाख १८ हजारमा कोरोना पुष्टि हुँदा १ लाख ४१ हजारको ज्यान गैसकेको वल्ड्रोमिटरले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०७७ असोज ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *