२०८१ चैत्र ९ गते शनिवार

बर्दियाका क्याम्पस प्रमुखको कारोनाका कारण बाँकेमा मृत्यु

दाङ, असोज १० । बाँकेमा कोरोना भाइरसका कारण बर्दियाका एक जना क्याम्पस प्रमुखको मृत्यु भएको छ ।गुलरीया नगरपालिका वडा नं. ७ निवासी उनको शनिवार दिउँसो २ ः २५ बजे बाँकेस्थित भेरी अस्पतालमा मृत्यु भएको हो ।

उनी बर्दियास्थित बबई क्याम्पसका क्याम्पस प्रमुख रहेको खुल्न आएको छ । बाँकेका जिल्ला फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनलाई असोज ७ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि अग्रवाल होम आइसोलेसनमा बस्दै आएका थिए । तर अकस्मात शनिवार मध्यान्ह १२ बजेतिर स्वासप्रश्वासमा समस्या उत्पन्न भएको थियो । त्यसपछि उनलाई भेरी अस्पताल ल्याइएको थियो । अस्पताल ल्याएर आइसोलेसन वार्डमा लैजाँदै गर्दा उनको मृत्यु भएको बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

फोक्सोको क्यान्सरका विरामी उनले विगत दूई वर्षदेखि दिल्लीस्थित राजिव गान्धी अस्पतालमा चेक जाँच गराउँदै आएको पारीवारिक स्रोतले जानकारी दिएको छ । यो संगै बाँके जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

प्रकाशित मिति : २०७७ असोज १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *