शंकर केसी,
सल्यान, असोज ९ ।दैनिक रुपमा रोल्पा सिमेन्ट प्रालिसम्म आवतजावत गर्ने ट्रिपर र यसले निम्त्याएको समस्याका बारेमा सल्यान कपुरकोटमा छलफल भएको छ । कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेन र सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ लगाएत रोल्पा सिमेट उद्योगका प्रतिनिधि, ट्रिपर ब्यवसायी, स्थानीय राजनीतिक दल र प्रभावित नागरिकका वीचमा विहीवार छलफल भएको हो । बैठकले कुनै ठोस निकास दिन नसकेपनि निकट भविस्यमा फेरि छलफल गर्ने निर्णय भने भएको छ ।
दाङ तुलसीपुरदेखि कपुरकोट हुँदै रोल्पा त्रिवेणी गाउँपालिकास्थित सिमेन्ट उद्योगसम्म सञ्चालन हुने टिप्परका कारण सडक जिर्ण बनेको छ । सडकै भरी ठूला खाडल परेको हुँदा अन्य सवारी साधन, सडक नजिकका वासिन्दा तथा पैदल यात्रुले निकै सास्ती खेप्नु परेको गुनासोका आधारमा छलफल भएको थियो । त्यो विषयमा पर्दशन समेत भएको छ ।ट्रिपरको क्षमता भन्दा बढी लोड बोक्ने गरेको, सडक मर्मत, धुलो नियन्त्रण र स्थानीय संग गरेको सम्झौतामा सिमेन्ट उद्योगले कार्यान्वयन नगरको भन्दै सथनीय विरोधमा उत्रदै आएका छन् ।
सिमेन्ट प्रालिसम्म पुग्ने सडक कपुरकोट गाउँपालिकाका ५ वटा वडा हुँदै गएको छ । त्यसैले त्यस क्षेत्रमा बासिन्दा ट्रिपर चल्दा उड्ने धुलो, सडकका खाल्डा खुल्डीले हैरान भएको कपुरकोट ५ खाली निवासी गिरीराज ओलीलले बताए ।यो खडण्मा कपुरकोट, खाली लगाएतका बजार क्षेत्रमा हिलो र धुलोले ब्यापार ब्यवसाय गर्न समेत समस्या उत्पन्न भएको सर्वसाधारणले गुनासो गरेका छन् ।
सामुहिक छलफलमा रोल्पा सिमेन्ट प्रालिका प्रशासन प्रमुख सुरेन्द्र अधिकारीले सरकारले उक्त सडक खण्डमा विगत दूई वर्षदेखि कुनै पनि बजोट विनियोजन नगरेको हुँदा जिर्ण बन्न पुगेको बताए ।साथै उनले प्रालिसंग सम्झौता गरेर सञ्चालन भइरेका टिप्परवाट पुन कन्ट्रक्सनले प्रतिटन २५ रुपैयाँ जम्मा गरेर सडक मर्मत गरिरहेको जानकारी पनि दिए ।