दाङ, असोज ९ । बाँकेमा शुक्रवार विहान थप एक जना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ ।
जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ एकलैनी निवासी ५२ बर्षीय पुरुषको शुक्रवार विहान २ ः २५ बजे मृत्यु भएको छ ।
उनी भदौ ६ गते राति नेपालगञ्ज मेडिकल कलेज शिक्षक अस्पताल कोहलपुरमा भर्ना भएका थिए । सोही दिन दिउँसो उनलाई कोरोना संक्रमन पुष्टि भएको थिो ।
जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार फोक्सोमा निमोनिया भएपछि उनको मृत्यु भएको थियो । त्यसका साथै विरामीमा उच्च रक्तचाप समेत देखिएको थियो । यो संगै बाँकेमा कोरोना संक्रमित १२ जनाको मृत्यु भएको छ । जसमा बाँके जिल्लाका ८ जना र बाहिरी जिल्लावाट उपचारका लागि ल्याइएका थप ४ जना रहेका छन् ।
प्रकाशित मिति : २०७७ असोज ९ गते शुक्रवार