२०८३ कार्तिक १३ गते बिहिवार

४६ करोडको कालो पत्रे सडक दूई बर्ष मै ध्वस्त

दाङ, असोज ८ । दाङ रोल्पा जोड्ने सहिद मार्ग कालो पत्रे भएको दूई बर्षमै ध्वस्त भएको छ । दाङको घोराहीदेखि रोल्पाको होलेरीजोड्ने शहिद मार्ग ४६ करोडको लागतमा कालो पत्रे भएको थियो ।

साढे ३१ किलोमिटर उक्त कालोपत्रे सडक भने  दूई वर्षमै ध्वस्त भएको छ । कालो पत्रे केही ठाउँहरुमा मात्रै बचेको छ । जसले गर्दाजोखिम युक्त यात्रा गर्न सर्वसाधाण बाध्य छन् । जसको कालोपत्रे शिल प्यासिफिक जेभि निर्माण कम्पनीले गरेको थियो ।

उस्ले गरेको काम गुणस्तर अनुसार काम नगरेका कारण सडक यति छिट्टै काम नलाग्ने भएको आरोप लाग्न थालेको छ ।

तर निर्माण कम्पनीका पदाधिकारीहरु भने सडकको भारबहन क्षमता भन्दा धेरै गुण बढी लोड बोकेर दौडिने सिमेन्ट उद्योगका टिप्परहरुका  कारण सडक काम नलाग्ने भएको बताउने गर्छन । सडकमा खाडल खाडल परेपछि भदौमा मात्रै १ सय ६० टिप्पर बालुवा गिट्टी हालिएकोथियो ।

दाङको घोराही उपमहानगरपालिका, सोना सिमेन्ट उद्योग, रोल्पाको रुन्टीगढी गाउँपालिकाको समन्वयमा सडकमा ग्राभेल हालिएको हो।

तस्विर –  निशान भट्टराई ।

प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *