
दाङ, असोज ८ । नेपालमा बिहीबार थप १ हजार ४ सय ९७ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमले पछिल्लो २४ घण्टामा उनीहरुमा कोरोना पुष्टि भएको जानकारी दिए। योसंगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको डा. गौतमले बताए ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. गौतमले वितेको २४ घन्टामा कोरोनाबाट १७ जनाको मृत्यु भएको जानकारी दिए।
विहीवार सम्म ५० हजार ४ सय ११ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । डा. गौतमका अनुसार विहीवार सम्म देशभर १८हजार ४ सय ३७ जना सक्रिय संक्रमित रहेका छन् ।
विहीवार सम्म नेपालमा कोरोना वाट मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको गौतमले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार
