२०८१ चैत्र १२ गते मङ्गलवार

बेलदमारमा स्कार्पियो दुर्घटना, सल्यानका पत्रकारसहित ६ जना घाइते


तुलसीपुर, असोज ८ । घोराही–लमही सडक खण्डको बेलदमारमा स्कार्पियो दुर्घटनामा हुँदा पत्रकारसहित ६ जना घाइते भएका छन् । दूर्घटनामा परि सल्यान जिल्लाका पत्रकारहरु खकेन्द्र केसी, विरेन्द्र डिसी र तुलसीराम परियार घाइते भएका छन् । त्यस्तै पत्रकार केसीकी १५ बर्षीया बहिनी नोखा केसी, गाडी चालक सल्यानकै सञ्तोष बुढाथोकी र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी प्रकाश वलीपनि घाइते भएका छन् ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमति खड्काका अनुसार घाइते मध्य गाडी चालक बुढाथोकीको अवस्था गम्भीर छ । वडा प्रहरी कार्यालय लमहीका अनुसार पत्रकार परीयारको अवस्थापनि गम्भीर रहेको जानकारी दिएको छ । परीयारको ढाडमा भित्रि चोट रहेको लमही प्रहरीले बताएको छ । यो खवर तयार पर्दासम्म उनीहरु सबैको उपचार लमहीमै भइहरेको छ ।

लमहीबाट घोराहीतर्फ आउँदै गरेको बा ११ च ९५१३ नम्वरको स्कार्पियो लमही नगरपालिका वडा नं. ६ बेलदमार नजिकै विहान पौने ९ बजे दूर्घटना भएको थियो । तीव्र गतिको स्कार्पियो अनियन्त्रित भइ दूर्घटना हुँदा सडकदेखि ३३ मिटर तल खसेको जिल्ला प्रहरी प्रबक्ता खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *