२०८१ चैत्र ४ गते सोमवार

आज र भोलि ठूलो पानी पर्ने


काठमाडौं,असोज ८ । भारतको मध्य प्रदेशको पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्र उत्तर पूर्व सरिरहेकाले नेपालका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसकै प्रभावले अस्ति बेलुकीदेखि नै झरी परेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक/दुई ठाउँमा निकै ठूलो पानी परिरहेको छ भने अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक-दुई ठाउँमा आज ठूलो पानी पर्ने महाशाखाको अनुमान गरेको छ । पानी शनिबार दिउँसोसम्म नै ठूलो पानी पर्नेछ ।

शनिबार बेलुकीदेखि बिस्तारै पानी पर्ने क्रम कम हुँदै जाने पनि महाशाखाले जनाएको छ। तर हल्कादेखि सामान्य वर्षा भने अझै केही दिन हुने संभावना रहेको छ ।

प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *