धनगढी, असोज ८ । डडेलधुरामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ बर्षीय पुरुषको बुधबार बेलुका मृत्यु भएको छ ।उनी दुई दिनअघि मात्रै भारतबाट घर आएका थिए ।
श्वासप्रश्वासमा समस्या आएपछि डडेल्धुरा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । उनी बुधबार बेलुका मात्रै अस्पताल भर्ना भएका थिए । योसंगै सुदूरपश्चिम प्रदेशमा १३ जना संक्रमितको मृत्यु भएको छ ।
प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार