२०८१ चैत्र ३ गते आइतवार

बाँकेका अन्सारी अमिलियामा ब्राउन सुगरसहित पक्राउ


तुलसीपुर,असोज ५ । बाँकेका एक व्यक्ति दाङको अमिलियावाट प्रतिवन्धित लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ भट्टी टोल निवासी ३५ बर्षीय महिन अन्सारी रहेको जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिए ।

उनी आइतवार बेलुका साढे ८ बजेतिर लमही नगरपालिका वडा नं. ९ को अमिलियावाट ३२५ ग्राम प्रतिवन्धित लागु औषध ब्राउन सुगरसहित पक्राउ परेको डिएसपी खड्काले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरिक्षक राजनकुमार गौतमको नेतृत्वमा गएको प्रहरी टोलीले अन्सारीलाई पक्राउ गरेको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका अन्सारी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ असोज ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *