२०८१ चैत्र ६ गते बुधवार

सार्वजनिक यातयातमा भिड : कारोनाको जोखिम उच्च

फाइल तस्बिर

यमकला भुसाल,
तुलसीपुर,असोज ४ । दाङमा लकडाउन खुकुलो भएसंगै सार्वजनिक यातयातमा भिडभाड बढेको छ । यातयात व्यवसायीहरुले असोज २ गतेदेखि पूर्णरुपमा सार्वजनिक यातयातका साधनहरु सञ्चालनमा ल्याएसगै सडकमा यसको भिडभाड बढेको हो । जिल्लामा लकडाउन खुकुलो भएपनि कोरोना संक्रणमको जोखिम भने उच्च छ ।

सरकारले कोरोना भाइरसबाट बच्न बिभिन्न मापदण्ड अपनाएर सार्वजनिक यातायातका साधनहरु संचालन गर्न निर्देशन दिएपनि यसको पूर्णरुपमा पालना भने भएको देखिदैन । सार्वजनिक यातयातमा चढ्दा यात्रुहरुले स्यानिटाइजर,अनिर्वाय रुपमा माक्स लगाउन आग्रह गरेको भएपनि न त मास्क नै प्रयोग गरेको देखिन्छ न सामाजिक दुरी नै कायम ।

सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न यातायातमा जोरबिजोर प्रणाली लागू गरेको छ । तर यसको पत्यक्ष असर यात्रुहरुमा परेको छ । सिटमा एकजना मात्र राखेर ५० प्रतिशत भाडा लिने भनेपनि सिटमा २ जना नै बसिरहेको हुन्छन । यातयातमा जोरबिजोर लागु हुदाँ कतिपय यात्रुहरु सिट खाली नभएर उभिएर यात्रा गर्न बाध्य भएको यात्रु दिपा विसीले गुनासो गरिन । यसरी उभिएर यात्रा गर्दा कोरोना सर्ने जोखिम उच्च रहेको उनको भनाई छ । अफिसमा चाँडै पुग्नुपर्ने हुन्छ,उनले भनिन तर भनेजति गाडीहरु सञ्चालन नहुदाँ भिडभाडमा पनि चढ्नुपर्ने अवस्था छ ।

हेमन्तपुरदेखि तुलसीपुरसम्म यात्रा गर्दा प्रहरीले कतैपनि चेकजाँच नगरेको यात्रु रेशम परियारले बताए । उनले जोरबिजोर गरि सवारी चल्दा गन्तव्यमा पुग्नै पर्ने यात्रु उभिएर पनि जान बाध्य भइरहेको गुनासो गरे । भीडभाडमा कोरोना सर्ने जोखिम धेरै भए पनि जीविकोपार्जनका लागि कठिन यात्रा गर्न बाध्य हुनुपरेको यात्रु डिला भुसालले दुखेसो पोखिन।

यता नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका सल्लाहाकार एवं त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रा.ली दाङका अध्यक्ष सुरेश हमालले सरकारले तोकेको मापदण्ड अनुसार नै यातयातका साधनहरु सञ्चालन गरिरहेको दावी गरे । उनले भने,- असोज १ देखि जिल्लामा सबै समितिका बसहरु पुणर् रुपमा सञ्चालन भएका छन तर सरकारको मापदण्ड अनुसार मात्र ।

सवारीचालक र सहचालकले सरकारले तोकेको मापदण्ड पालना नगरेमा आफुहरुले कारवाही गर्ने भन्दै उनले यात्रुहरु पनि आफ्नो स्वास्थ्यप्रति स्वंयम आफु नै सचेत बन्न जरुरी रहेको बताए ।

प्रकाशित मिति : २०७७ असोज ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *