२०८१ चैत्र ६ गते बुधवार

कोरोना संक्रमणबाट एक सैनिकको मृत्यु

काठमाडौं,असोज ४ । कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक नेपाली सेनाका सैनिकको मृत्यु भएको छ ।

रामेछाप घर भई काठमाडौंमा कार्यरत ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको हो ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार मृतक लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित थिए ।

पछिल्लो पटक गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

उनको शव व्यवस्थापन समेत भइसकेको पौडेलले बताए । हालसम्म नेपाली सेनाका २ हजार ५६ जना सैनिक कोरोना संक्रमित भएका छन् । तीमध्ये ४ सय १ जना निको भएका छन् ।

प्रकाशित मिति : २०७७ असोज ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *