दाङ, असोज ४ । कपिलबस्तुमा बसको ठक्करवाट घाइते बनेका पैदल यात्रुको उपचारका क्रममा मृत्यु भएको छ ।
बुद्धभूमी नगरपालिका वडा नं। ९ चम्पापुरमा ग १ ख ८९७४ नम्वरको बसको ठक्करबाट अन्दाजी ३५ बर्षीय एक व्यक्तिको मृत्यु भएको छ ।
पैदल हिडिरहेका ती व्यक्तिलाई बसले शनिवार राति सवा ९ बजेतिर ठक्कर दिएको थियो ।
गम्भीर अवस्थामा फेला परेका ती घाइतेको उपचारका क्रममा जिल्ला अस्पताल तौलिहवामा गएराति पौने ११ बजेतिर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ ।
यो खवर तयार पर्दासम्म मृतकको सनाखद हुन नसकेको तथा घटनावारे अनुन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ असोज ४ गते आइतवार
