दाङ,असोज ४ । रुपेन्देहीमा सेफ्टि ट्याङ्की भित्र एक बालक मृत अवस्थामा फेला परेका छन् ।
शिद्धार्थ नगरनगरपालिका वडा नं। १० दोदगहरी निवासी १० बर्षीय सुग्रिम कुर्मी सेफ्टि ट्याङ्की भित्र मृत अवस्थामा फेला परेका छन् ।
५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका अनुसार झिम्की कुर्मीका छोरा सुग्रिम शनिवार बेलुका ५ बजेदेखि हराएका थिए ।
आफन्तले खोज्दै जाने क्रममा बालक आइतवार विहान ३ बजेतिर घरदेखि ४ सय मिटर पश्चिममा रहेको सर्मन लोनियाको निर्माणाधिन सेफ्टि ट्याङ्की भित्र मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी प्रबक्ता राजकुमार बैदवारले जानकारी दिए ।
प्रहरीले घटना बारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ असोज ४ गते आइतवार