तुलसीपुर, असोज ४ । दाङमा मोटरसाईकलको ठक्करबाट घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ ।
जिल्लाको शान्तिनगर गाउँपालिका वडा नं। ६ सुनडवरी निवासी ५० बर्षीय आइते रोकोको उपचारका लागि बाँके तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।
पैदल यात्रु रोकालाई शनिवार दिउँसो सवा ३ बजेतिर शान्तिनगर ३ रानीवनमा रा ३ प १०९४ नम्वरको मोटरसाईकलले ठक्कर दिएको थियो ।
टाउकोमा गम्भीर चोट रहेका रोकालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको उपचार पछि थप उपचारका लागि बाँकेतर्फ लैजाँदै गर्दा शनिवार बेलुका साढे ७ बजेतिर बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
शव पोष्ट मार्टमका लागि तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।
मोटरसाईलक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०७७ असोज ४ गते आइतवार