२०८३ जेष्ठ २३ गते शनिवार

ललितपुरमा चार कोरोना संक्रमितको मृत्यु

ललितपुर,असोज ३ । पछिल्लो १६ घण्टामा ललितपुरमा कोरोना संक्रमणले चार जनाको मृत्यु भएको छ।

ललितपुरका विभिन्न अस्पतालमा कोरोना भाइरस संक्रमणबाट चार जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

कार्यालयका अनुसार पाटन अस्पतालमा भदौ २६ गते भर्ना भएका सर्लाहीका ६० वर्षीय पुरुष, भदौ २० गते भर्ना भएकी ललितपुरकी ७५ वर्षीया महिला, भदौ २५ गते भर्ना भएकी ललितपुरकी ६८ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको हो।

त्यसैगरी असोज १ गते मेघा अस्पतालमा भर्ना भएकी भक्तपुरकी ९० वर्षीया महिलाको आज मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

प्रकाशित मिति : २०७७ असोज ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *