कैलाली, असोज २ । कैलालीकी एक जना पत्रकार जंगलमा मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर – ४ निवासी २३ वर्षीया निर्मला पहराई नगरको वडा नम्बर ५ स्थित एक जंगलको रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन ।
उनी सुखडस्थित कैलाली एफएममा कार्यरत थिइन । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पत्रकार पहराई केही दिन अघिदेखि सम्पर्कविहीन थिइन । घटनावारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ असोज २ गते शुक्रवार