दाङ,असोज १ । वितेको २४ घन्टामा थप १ हजार २४६ जना कोरोना संक्रमित फेला परेका छन् । विहीवार समेत गरेर नोपलमा संक्रमितको संख्या ५९ हजार ५सय ७३ पुगेको छ।
वितेको २४ घण्टामा १ हजार २४३ जना कोरोनाबाट निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको छ। विहीवार सम्म नेपालभर कुल सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४१ रहेको मन्त्रालयले जानकारी दिएको छ ।
विहीवार थप ४ जना मृतकमा कोरोना पुष्टि भएको छ। हालसम्म कुल ३ सय ८३ जना मृतकमा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ असोज १ गते बिहिवार