२०८१ चैत्र ६ गते बुधवार

यसरी भुसाल व्यवसायिक तरकारी खेतिमा लागे


यमकला भुसाल,
तुलसीपुर,असोज १ ।दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १८ बालुवाका मत्तिराम भुसाल कृषि पेशामा लागेको ९ वर्ष भयोे ।
भुसाल कृषि पेशामा लाग्नु अघि रोजगारीको सिलसिलामा ३ वर्ष साउदी र २ वर्ष मलेसीया पुगे । बिदेश भन्दैमा पंैसा त्यसै टिप्ने ठाउँ हुदैन । दिनरात काम गर्नु पर्ने । त्यो भने रोजेर कहाँ काम गर्न पाइन्थ्यो र ? जे काम लगाउँछन् त्यही काम गर्नुपर्ने बाध्यता हुन्थ्यो ।

धेरै पंैसा कमाउने र राम्रो घर बनाएर परिवारलाई सुख्खले पाल्ने सपना बोकेर खाडी पगेका भुसालको सपना पुरा भएन । कति विदेश गइ राख्ने ? नेपालमै केही गर्नु पर्छ भन्ने सोच आयो ।उनले गाउँ घरमै बसेर के गर्ने भनेर खोजी गर्दै गर्दा एउटा निड नामक संस्थाले टमाटर र प्याज उत्पादन सम्वन्धि तालिम दिन आएको थाहा पाए ।

उनलाई भनेको जस्तै भयो । तालिम लिए । त्यही संस्थाले बिउ,औजारपनि दियो । यो ८ वर्ष पहिलेको कुरा हो ।त्यसैको आधारमा उनले व्यवसायिक तरकारी खेती थाले । त्यसपछि उनलाई अरु विकल्प खोज्नु परेको छैन । आज उनलाई यही भ्याई नभ्याई छ ।उनले जेठ महिनामा गौरव र हेमसना जातको एक हजार बढी टमाटरको विरुवा रोपेको बताए । त्यो उनले भदौ मसान्त सम्म बेचे । ६ क्विइन्टल टमाटर बिक्रि गरिसकेको बताए ।

हिउँदमा ८÷९ कठ्ठा जमिनमा तरकारी खेति गर्छन । केही जग्गामा बर्षामा धान रोप्छन् । केही जग्गामा टमाटर खेती गरिरहेका छन् ।कहिले काँही उनी आफै डोकोमा बोकेर बिक्रि गर्न गाउँ घरमा पनि जान्छन् । ‘काम नगर्नेहरुले पो खान लाज माननु पर्छ काम गर्न के को लाज,’ भुसालले भने । आजकल भने बजारबाटै टमाटर खोज्दै व्यापारी खेतवारीमै आइपुग्छन । हाल खेतमै उनले प्रति केजी ६० देखि ८० रुपैंयामा विक्री गर्दै आएको बताए ।

उनले हिउँदमा लौका, काक्रो, भन्टा, टमाटर खुर्सानी,लसुन प्याज,गोपी,काउली,सिमी लगाएतका तरकारी खेती लगाउने गर्छन । त्यही तरकारी खेतिवाट सबै खर्च कटाएर वर्षमा ३ लाख बढी आम्दानी हुने गरेको भूसालले बताए । ‘तरकारी खेतीबाटै ४ जना परिवार पालेको छु’, भुसालले भने,‘ घर परिवार संगै मिलेर काम गर्न पाउँदा खुसी छु।’उनले मेहनतका साथ गर्ने हो भने तरकारी खेतिवाट मनग्य लाभ लिन सकिने बताए ।

प्रकाशित मिति : २०७७ असोज १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *