२०८१ चैत्र ४ गते सोमवार

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

चितवन,असोज १ । पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अबरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका ६ स्थिति चारकिलो भन्ने स्थानमा बिहीबार विहान ४ः३० बजे पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

सो स्थानमा दिनहुँजसो पहिरो खसेर घण्टौं सडक अवरुद्ध हुँदै आएको छ । यसअघि बुधवार पनि चारकिलो र पाँचकिलोमा पहिरो खसेर सडक अबरुद्ध भएको थियो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक सूर्य थापाले जानकारी दिए ।

लामो तथा मध्यम दुरीका सार्वजनिक यातायात खुलेकै दिन सडक अवरुद्ध भएकाले सवारीसाधनहरु र तिनमा सवार यात्रुहरु बीचबाटोमै रोकिएका छन् ।

तीन दिनको अवधिमा नारायणगढ–मुग्लिन सडकखण्डमा दर्जनौं पहिरो खसेको छ ।

प्रकाशित मिति : २०७७ असोज १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *