२०८१ चैत्र ६ गते बुधवार

विश्वभर कोरोना सङक्रमितको संख्या ३ करोड पुग्यो

काठमाण्डौ,असोज १ । विश्वभर कोरोना भाइरसबाट सङक्रमित हुनेको संख्या ३ करोड पुगेको छ ।

पछिल्लो २४ घण्टामा झण्डै ३ लाख सङक्रमित थपिएसँगै कोरोनाबाट सङक्रमित हुनेको संख्या ३ करोड २३ हजार भन्दा धेरै पुगेको वल्डोमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामा भारतमा ९७ हजारभन्दा बढी सङक्रमित थपिएका छन् ।

यस्तै अमेरिकामा ३७ हजार ८ सय, ब्राजिलमा ३७ हजार ३ सय, स्पेनमा ११ हजार १ सय तथा अर्जेन्टिनामा ११ हजार ६ सय भन्दा धेरै जना नयाँ सङक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा भारतमा ११ सय ३९ जनाको ज्यान गएको छ । अमेरिकामा १ हजार ७९, ब्राजिलमा ९ सय ६७, रसियामा १ सय ३२, कोलम्बियामा १ सय ९० तथा मेक्सिकोमा ६ सय २९ जनाको ज्यान गएको छ ।

एकैदिन विश्वभर ६ हजारभन्दा धेरैको ज्यान गएसँगै कोरोनाबाट ज्यान जानेको संख्या ९ लाख ४४ हजार ४ सय ९७ पुगेको छ ।

यस्तै विश्वभर कोरोना सङक्रमित भएर निको हुनेको संख्या २ करोड १७ लाख पुगेको छ ।

प्रकाशित मिति : २०७७ असोज १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *