घोराही, असोज १ । ६२ बर्षीय झट्केलो बाबु १३ बर्षीया छोरीमाथि बलात्कार गरेको अभियोग पछि पक्राउ परेका छन् ।
बंगलाचुली गाउँपालिका–२ मर्पेस निवासी ६२ बर्षीय झट्केलो बाबुलाई १३ बर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
यसैबीच पीडित पक्षले बुधवार घोराहीमा पत्रकार सम्मेलन गरेर दोषी माथि हदै सम्मको कारवाहीको माग गरेको छ ।
पत्रकार सम्मेलनमा विगत दूई बर्षदेखि झट्केला बाबुले यौन शोषण गर्दै आएको जानकारी दिइएको थियो ।
कतै भने ज्यान लिने डर धम्की दिदै आएको हुँदा ती बालिकाले घट्ना सार्वजनिक गर्न डराएको पीडित पक्षले पत्रकार सम्मेलनमा जानकारी दिए ।
पटक÷ पटक बालिकामाथि यौन शोषणका क्रियाकलापहरु हुन थालेपछि प्रहरीमा रिपोट गरेको पत्रकार सम्मेलनमा बालिकाकी आमाले बताइन ।
‘बालिका दुई बर्षदेखि पटक÷पटक यौन शोषण हुँदै आएको रहेछ,’ पीडितकी आमाले भनिन् ‘ त्यही भएर त्रासका कारण छोरीले भन्न सकेकी रहिन छ ।’
यौन शोषणका कारण बालिकामा शारिरीक तथा मानसिक समस्या समेत देखा परेको छ । पीडित पक्षले उजुरी दिएपछि ६२ बर्षीय अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।
आरोपित व्यक्ति यसअघि जेठी श्रीमतिको हत्या गरि कैद भुक्तान गरि जेलवाट छुटेका व्यक्ति समेत भएको प्रहरीको रेकर्डमा देखिएको छ ।
