२०८१ चैत्र ३ गते आइतवार

निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा गौतमलाई स्वागत

तुलसीपुर,भदौ ३१ । तुलसीपुर उपमहानगरपािलकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भाष्करराज गौतमको स्वागत गरिएको छ ।

उपमहानगरपालिकाकै शिक्षा शाखामा कार्यरत गौतमलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ २९ गते आर्थिक तथा प्रशासनिक कार्य समेत गर्ने गरी निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो ।

गौतमको स्वागत गर्दै कार्यवाहक नगरप्रमुख माया शर्माले तुलसीपुरलाई समृद्ध बनाउने यात्रामा सारथी बन्न सुझाव दिइन ।

त्यस्तै वडा नम्वर ६ का वडाध्यक्ष नवराज लामिछाने, शिक्षा समिति संयोजक देवराज विक लगायतले शुभकामना दिए । सो अवसरमा गौतमले सबैको भावना बुझेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यस अघि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख २४ हजार ७५० रुपैयाँ नगद र फिक्स डिपोजिट तथा बैंक डिपोजिटसहित १३ लाख २४ हजार ४६ गरी कूल १४ लाख ४८ हजार ७९६ रुपैयाँ बराबरको रकमसहित पक्राउ गरेको थियो ।

पछि उनलाई अख्तियारले तीन महिना निलम्बन गर्दै १५ लाख धरौटीमा छोडेको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *