२०८१ चैत्र ३ गते आइतवार

नक्कली प्रेस कार्ड बनाउने एक जना आइसोलेसनमा, तीन जना छुटे

काठमाण्डौ,भदौ ३१ । नक्कली प्रेस कार्ड बनाएको अभियोगमा पक्राउ परेका तीन जना धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १०र१० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।

प्रशासनको आदेशपछि बर्दियाका श्रीराम खड्का, नवलपुरका रमेशकुमार रेग्मी र स्याङ्जाका राजेन्द्र भण्डारी छुटेको एसएसपी दिपक थापाले बताए ।

मुख्य आरोपित बागबजारस्थित कालिका प्रिटिङ प्रेसका सञ्चालक लक्ष्मण न्यौपाने भने आइसोलेसनमा छन् ।

शितगंगा नगरपालिका २ भुवनपाटामा पहिरो गएकाले एकतर्फी रुपमा मात्रै गाडी चलेका हुन् ।उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखिएको छ । निको भएपछि उनको अभियोगमाथि सुनुवाई हुने जनाइएको छ ।

यसअघि २२ भदौमा बागबजारबाट १० वटा नक्कली प्रेस आईडी कार्डसहित चार जनालाई महानगरीय अपराध महाशाखाले नियन्त्रणमा लिएको थियो ।

उनलाई पक्राउ गर्न गएका दुई जना प्रहरीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *