२०८३ असार ६ गते शनिवार

पुर्व क्याम्पस प्रमुख मज्गैयाको निधन

तुलसीपुर,भदौ ३० । दाङको महेन्द्र बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख भैरव मज्गैयाको दुःखद् निधन भएको छ ।

शिक्षासेवी मज्गैयाको ७७ वर्षको उमेरमा ह्रदयघातका कारण निधन भएको हो ।

समाजसेवी मज्गैया राप्ती आयुर्वेद चिकित्सालय बिजौरी,बेलझुण्डी खानेपानी उपभोक्ता समितिका पुर्व अध्यक्ष समेत हुन ।

उनको मगंलवार दिउसो ग्वारखोला घाटमा अन्तिम दाहसंस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *