तुलसीपुर, भदौ २९ । सोमवार दाङमा थप ४४ जना नयाँ संक्रमित थपिएका छन् ।
घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणका क्रममा क्रममा ४४ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ ।
जसमा र बबई गाउँपालिका ८ जना, शान्तिनगर गाउँपालिकाका १७ जना र घोराही उपमहानगरपालिका १९ जना रहेका छन् ।
घोराही १० नारायणपुर क्षेत्रबाट यसअघि संक्रमितहरुको सम्पर्कमा आएकाहरु मध्य ६४ जनाको स्वाव संकलन गरिएका मध्य १५ जनामा कोरोना संक्रमण पुष्टि फेला परेको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिए ।
चार जना भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिकबाट स्वास परीक्षण गर्दा कोरोना पुष्टि भएको घर्तीले बताए । हालसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिकबाट १५ जनाको स्वाव परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै शान्तिनगर गाउँपालिकामा ९३ जनाको स्वाव परिक्षणका क्रममा १७ जना र बबई गाउँपालिकामा २० जनाको स्वाव परिक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देएिको हो ।
सोमवार समेत गरि दाङमा कोरोना संक्रमितको संख्या ९ सय १९ जना पुगेको छ ।
