बुटवल, भदौ २९ । रुपन्देहीमा थप दूई जना कोरोना संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवलमा ४७ बर्षीया महिला र भीम अस्पताल भैरहवामा उपचार गराइरहेका ५८ बर्षीय एकजना पुरुषको मृत्यु भएको छ ।
मृतक दुबै कपिलवस्तु शिवराज नगरपालिका ५ का बासिन्दा हुन ।
भीम अस्पतालमा उपचार गराइरहेका पुरुष भदौ २३ गते अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्य गम्भीर बन्दै गएपछि ३ दिन पहिले मात्रै उनलाई आइसीयूमा राखेर उपचार थालिएको थियो ।
त्यही क्रममा उनको सोमवार राति साढे बजेतिर मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
त्यस्तै कपिलवस्तु शिवराज नगरपालिका वडा नं ५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा सोमबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
मृगौलाको रोगी उनी २१ गते कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएकी थिइन ।
