तुलसीपुर, भदौ २९ । दाङमा बाढीले बगाउँदै गरेका एक व्यक्तिको उद्धार भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं। १८ हेमन्तपुर निवासी रेशम नेपालीलाई चौखा खोलाको बाढीले बगाउँदै गर्दा स्थानीय र प्रहरीले उद्धार गरेका हुन ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक चक्रडम्मर पालका अनुसार नेपालीको गम्भीर अवस्थामा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
सोमवार बेलुका सवा ८ बजेतिर घर नजिकैको चौखा खोला तर्ने क्रममा बाढीले नेपालीलाई बगाएर करिव एक किलोमटर टाढासम्म बगाएर लगेको थियो । नेपालीको टाउको र चिबुमा गहिरो चोट लागेको छ ।
बर्षाले घर भत्किए
गएरातिको अविरल बर्षाका कारण तुलसीपुरमा क्षेत्रमा विभिन्न व्यक्तिका घर धप्किएका छन् भने केहीका घरहरु डुवानमा परेका छन् । ्
तुलसीपुर ३ हडेबाँस निवासी ३४ बर्षीय गोपालजंग वलीको कच्ची घर भत्किएको छ । मानविय क्षति नभएपनि अहिले त्यहाँ स्थानीय र प्रहरीले उद्धार जारी राखेको प्रहरीले बताएको छ ।
त्यस्तै तुलसीपुर १६ लक्ष्मीपुर निवासी ४२ बर्षी मोतिलाल चौधरीको घर भित्र पानी पसेको छ । पानीले गर्दा लत्ताकपडा तथा खाद्यान्न भिजेर नोक्सान भएको प्रहरीले बताएको छ ।
त्यस्तै तुलसीपुर १६ गणेशपुर निवासी ३८ बर्षीय सञ्जुपुन मगरको चार कोठे पक्की घरमा पानी पसेको छ । पानीले लत्ता कपडा र खाद्यान्न भिजेको छ ।
त्यस्तै तुलसीपुर १६ लक्ष्मीपुर निवासी ३३ बर्षीय केशव खत्रीको घरमा पनि पानी पसेको प्रहरीले जानकारी दिएको छ ।