काठमाडौं, भदौ २८ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । सोमवार समेत गरि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ।वितेको २४ घन्टामा मृत्यु हुने मध्य छ जना काठमाडौंका हुन । उनीहरूमध्य दुई जना ६५ वर्षीया महिला छन् । त्यस्तै ५९, ७०, ६४ र ५९ वर्षीय पुरूषको पनि मृत्यु भएको छ ।
त्यस्तै मोरङका ६९ वर्षीय पुरुष, सिन्धुपालचोकका ५९ वर्षीय पुरुष र कास्कीकी ४५ वर्षीया महिलाको पनि कोरोना संक्रमनका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले सोमावरको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
त्यस्तै वितेको २४ घण्टामा नेपाल भर १ हजार ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसहित नेपालमा कुल ५४ हजार १ सय ५९ पुगेको छ । त्यसमध्य सोमवार सम्म निको हुनेको संख्या ३८ हजार ६ सय ९७ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ भाद्र २८ गते आइतवार