काठमाडौं, भदौ २८। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर बदली रहेकाले प्रदेश १,प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरूमा मेघ गर्जन र चट्टयाङ सहित वर्षा भइरहेको जनाएको छ। विभागका अनुसार यो क्रम मंगलबारसम्म जारी रहने जनाएको छ।
विभागका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ।विभागले प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले ३ दिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
प्रकाशित मिति : २०७७ भाद्र २८ गते आइतवार