तुलसीपुर, भदौ २७ । दाङको तुलसीपुर उपमहानगरपालिकामा शनिवार २२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणका क्रममा ४ स्वास्थ्यकर्मी, २ कार्यालयसहयोगीसहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीका अुनसार संक्रमित स्वास्थ्यकर्मीहरुमा वडा नं. ३,६,८ र १९ नम्वर वडाका स्वास्थ्यकर्मी तथा कार्यालय सहयोगीहरु रहेको जानकारी दिए । जसमा ३ महिला र ३ पुरुष रहेका छन् । त्यस्तै अन्य १८ जना भने कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएका सर्वसाधारण हुन । उनीहरु सबै यसअघि संक्रमित भएका व्यक्तिहरुका परिवारका सदस्यहरु रहेको फोकल पर्सन केसीले फरककोणलाई जानकारी दिए । उनीहरु वडा नं. २, ३ , ४, ५, ६, ८, १५, १६ र १९ नम्वरका रहेका छन् ।
शनिवार फेला परेका संक्रमितहरु मध्य १० पुरुष र १२ जना महिला रहेको फोकल पर्सन केसीले बताए । तुलसीपुर उपमहानगरपालिकाका विभिन्न स्थानबाट ८९ जनाको स्वाव संकलन गरेर परीक्षण गर्दा क्रममा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् ।यसअघि फेला परेका संक्रमितहरुको कन्ट्रयाक टे«सिङका आधारमा स्वाव संकलन गरिएको चन्दले बताएका छन् ।
यो सँगै तुलसीपुरमा कोरोना संक्रमितको संख्या १ सय ४१ जना पुगेको छ । त्यसमध्य ८७ जना निको भएर घर फर्कि सकेका छन् । शनिवार २२ जना संक्रमित थपिए जिल्लामा कुल संक्रमितको संख्या ८ सय ७३ जना पुगेको जिल्ला फोकल पर्सन चन्दले जानकारी दिए । जिल्लामा यो संगै सक्रिय संक्रमितको संख्या १ सय २८ पुगेको छ ।