२०८१ चैत्र ४ गते सोमवार

गोठ भत्किदा दाजु भाइको मृत्यु, आमा र हजुरआमा घाइते


दाङ,भदौ २७ । रोल्पामा गोठ भत्किदा दूई दाजु भाइको मृत्यु भएको छ । उनीहरुकी आमा र हजुर आमा घाइते भएका छन् । जिल्लाको लुंग्री गाउँपालिका वडा नं. १ आपे निवासी ८ बर्षीय अमर घर्ती र ११ बर्षीय युवराज घर्तीेको गोठ भत्किदा च्यापिएर घटनास्थलमै मृत्यु भएको छ ।

गएराति साढे १२ बजेतिर गोठ भत्किदा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरिक्षक शंकर खड्काले जानकारी दिए । गोठ भत्किदा त्यसले प्यापिएर ३० बर्षीया उनीहरुकी आमा ननकली घर्ती मगर र ५० बर्षीया हजुर आमा पनि घाईते भएको प्रहरीले बताएको छ । घाइतेहरुलाई अस्पताल ल्याउन लागिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *