२०८१ चैत्र ६ गते बुधवार

कोरोनाबाट बुटवल, पोखरा र धनुषामा गरि ३ जनाको मृत्यु

काठमाडौैं, भदौ २७ । कोरोना संक्रमित थप तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवल, पोखरा र धनुसामा उपचाररत एक÷एक जना गरि ३ जनाको मृत्यु भएको छ ।

रुपन्देहीको देवदह नगरपालिका वडा नं। ६ का ६० वर्षीय पुरुषको शुक्रबार बेलुका मृत्यु भएको छ । उनी ज्वरो र स्वासप्रस्वासको समस्या देखिएपछि शुक्रबार मात्रै अस्पताल भर्ना भएका थिए । भर्ना भएकै दिन उनको मृत्यु भएको हो ।

उनको जिन एक्सपर्ट मेसिनबाट स्वाब परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि आईसियूमा राखेर उपचार सुरू गरिएको भएपनि उनलाई बचाउन नसकिएको अस्पताल प्रशासनले जानकारी दिएको छ । त्यस्तै पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोरोना उपचार केन्द्रको आईसियुमा एक जनाको मृत्यु भएको छ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का ८५ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको थियो । उनी दमका रोगी थिए । स्याङ्जा जिल्ला अस्तालमा भर्ना भएका उनलाई उक्त अस्पतालले पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रेफर गरेको थियो। उनलाई भदौ १७ गते अस्पतालको आईसियु कक्षमा भर्ना गरेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको थियो ।

त्यस्तै धनुषामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मुरली चोकका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भदौ १९ गते स्वासप्रस्वासको समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो । ती पुरुषको गत भदौ २२ गते पीसीआर परीक्षण गरिएको थियो। उनको मृत्यु शुक्रबार बेलुका भएको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *