दाङ, भदौ २६ । तुलसीपुरमा एकजना गाडी धनिले पार्किङको बस भित्रै विष सेवन गरि आत्महत्या गरेका छन् ।
सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. १३ निवासी ३४ बर्षीय भरत बस्नेतले तुलसीपुरमा पार्किङ गरेर राखेको आफ्नो बस विष सेवन गरि आत्महत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार चालक समेत रहेका बस्नेतले भित्रै शुक्रवार विहान ११ बजेतिर विष सेवन गरेर आत्महत्या गरेको जानकारी दिए ।
तुलसीपुर बसपार्कमा पार्किङमा राखिएको रा १ ख २१२२ नम्वरको बस भित्रै विष सेवन गरि आत्महत्या गरेको अवस्था बस्नेत फेला परेको प्रहरीले बताएको छ । बस्नेतलाई अस्पताल पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ भाद्र २६ गते शुक्रवार