२०८१ चैत्र ४ गते सोमवार

बितेको २४ घण्टामा थपिए १४५४ कोरोना संक्रमित

काठमाडौं, भदौ २६ । नेपालमा बितेको २४ घण्टामा १ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १० हजार ७०१ नमुना परीक्षण गर्दा ४६३ महिला र ९९१ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार थपिएकासहित हालसम्म संक्रमित हुनेको संख्या ५१ हजार ९१९ पुगेको छ। बितेको २४ घण्टामा ९ सय ७२ जना डिस्चार्ज भएका छन । यीसहित हालसम्म कुल निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको मन्त्रालयले जनाएको छ। बितेको २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या ३२२ पुगेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *