२०८१ चैत्र ४ गते सोमवार

डोटीमा जीप दुर्घटना हुँदा १२ जना घाइते

डोटी, भदौ २६ । डोटी जिल्लामा जिप दुर्घटना भएको छ। जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ शान्तिनगरमा भएको दुर्घटनामा १२ जना घाइते भएका छन । दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार भारतबाट रोजगारी गरी घर फर्किँदै गरेका अछामको मल्लेक गाउँपालिकाका स्थानीयवासी चढेको से १ ज १०६६ नंको जीप आज बिहान दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मल्लेक–६ सोडसाका ४८ वर्षीय दानसिंह टमटा र सोही गाउँपालिका नुवाघरका ३४ वर्षीया कमला खड्काको अवस्था गम्भीर रहेको छ । घाइतेको ढाड र टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको छ । जीप सडकदेखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *