२०८१ चैत्र ३ गते आइतवार

तुलसीपुरको मोतिपुरमा आइसोेलेसन सेन्टर स्थापना


तुलसीपुर, भदौ २४ ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ मोतिपुरमा आईसोलेसन सेन्टर स्थापना गरिएको छ । लक्षण देखिएका संक्रमितहरुका लागि १५ बेड र लक्षण नदेखिएका संक्रमितहरुका लागि ५० बेडको आइसोलेसन कक्ष सञ्चालनमा ल्याएको छ ।

आइसोलेशनमा निःशुल्क सुविधा दिने तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन बिमल केसीले बताए ।तुलसीपुर उमहानगरपालिका र राप्ती लाईफ केयर हस्टिपटल प्रालिको सहकार्यमा आइसोलेशन सेन्टर स्थापना गरिएको हो ।

अस्पतालका निर्देशक जीवन भण्डारीले नीजि क्षेत्रबाट आईसोलेसन सञ्चालन नहुँदा संक्रमित राख्न समस्या हुने गरेको गुनासोको अन्त्य गर्न सहकार्यमा आइसोलेसन निर्माण गरिएको बताए । हस्पिटलले यस अघि क्वारेन्टिन सेवा पनि दिएको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *