काठमाडौं, भदौ २३ । रेल विभागले मंगलवार रेलमार्ग निर्माण सम्वन्धि ठेक्काहरु रद्द गरेको छ । सिमित प्रतिस्पर्धा हुनेगरी आव्हान गरिएको हुँदा ठेक्का प्रक्रिया रद्द गर्नु परेको विभागले जानकारी दिएको छ । विभागले सूचना प्रकासित गर्दै इनरुवा–काँकडभिट्टा खण्डमा ट्रयाक बेडका बोलपत्र रद्द गरिएको जानकारी दिएको हो ।
जहाँ १८ ओटा निर्माण कम्पनीको मात्र प्रतिष्पर्धा हुनेगरी ट्रयाक बेडका (माटो भर्ने) ठेक्का खोलिएको थियो । त्यसैका लागि विभागले जग्गा अधिग्रहण र मुआब्जा प्रक्रियाको तयारी समेत नगरी हतार पूर्वक पुर्वपश्चिम रेलमार्ग ट्रयाक बेडका लागि बोलपत्र समेत आह्वान गरेको थियो।
गत असार १४ र १७ गते आह्वान गरिएको ३३ अर्बको ठेक्कामा रेलमार्गको काम गरेको अनुभव हुनुपर्ने प्रावधान राखेको थियो। सार्वजनिक खरिद ऐन अनुसार एक अर्ब भन्दा माथिका ठेक्कामा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्ने प्रावधान छ।