२०८१ माघ १२ गते शनिवार

बितेको २४ घण्टामा ११२० जनामा कोरोना, १२ जनाको मृत्यु

भदौ १७। नेपालमा बितेको २४ घण्टामा ११२० जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारी अनुसार हाल सम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा एक हजार एक सय १२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २३ हजार दुई सय ९० पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय ५१ पुगेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *