बुटवल, भदौ १७ । भैरहवामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
भीम अस्पताल भैरहवामा उपचार गराइरहेकी नवलपरासी पश्चिम परासी ५ निवासी ६५ वर्षीया महिलाको मंगलबार राति पौने १० बजेतिर मृत्यु भएको हो ।
ती महिलालाई उच्च रक्तचाप, मधुमेहको समस्या रहेको थियो।
उनलाई भदौ १४ गते संक्रमण पुष्टि भएको थियो। पछिल्लो समय स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसीयूमा राखेर उपचार भइरहेको थियो।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आइसियु बेड अभाव भएपछि भदौ १५ गते उनलाई भीम अस्पतालमा उपचारका रेफर गरिएको थियो ।
प्रकाशित मिति : २०७७ भाद्र १७ गते बुधवार