२०८३ बैशाख ४ गते शुक्रवार

बितेको २४ घण्टामा १ हजार ६९ कोरोना संक्रमित थपिए , ११ को मृत्यु

भदौ १६। बितेको २४ घन्टामा देशभर १ हजार ६९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन ।

नेपालभर हालसम्म कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ। बितेको २४ घण्टामा ७ सय ६८ जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ। यीसहित कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ।

 

प्रकाशित मिति : २०७७ भाद्र १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *