२०८१ माघ १२ गते शनिवार

नवलपरासी पश्चिमका दुईजना प्रहरीलाई कोरोनाभाइरस संक्रमण

नवलपरासी,भदौ १६ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)मा कार्यरत दुईजना प्रहरीलाई कोरोनाभाइरस संक्रमण देखिएको छ ।

प्रहरी सहायक निरीक्षक ९असई० र जवानमा कोरोना देखिएको नवलपरासी पश्चिममा कार्यरत एक अधिकृतले जानकारी दिए ।

उनीहरुलाई सुनवल नगरपालिकाले तयार पारेको आइसोलेशनमा राखिएको छ ।संक्रमित जवान जिप्रकाको कम्यूटर शाखामा कार्यरत थिए । संक्रमित असई नेपाल–भारत सीमानामा खटिएका थिए । लक्षण देखिएपछि पीसीआर जाँच गर्दा उनीहरुको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले सबै प्रहरी कर्मचारीलाई गुर्जो, बेसारपानी र आयुर्वेदिक कस्तुरीभुषणको प्रयोग अनिवार्य गरेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *